नेपाल टी–२० क्रिकेट लिग: जनकपुरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश
काठमाडाैं | पुस २४, २०७९
काठमाडौं: लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।
जितका लागि लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३७ रनमा समेटिएको थियो । जनकपुरका लागि शमिउल्लाह शिनवारीले सर्वाधिक ४५ रन बनाउनुभयो ।
यस्तै पवन सर्राफले अविजित ३० रन, शराफुद्दिन अशरफले २४, राजेश फुामीले १३ र कप्तान ट्रेभोन ग्रिफिथले १० रन बनाउनुभयो । बलिङमा लुम्बिनीका विपुल शर्मा, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले दुई दुई विकेट लिनुभयो । श्याड्ली भानले एक विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाउनुभयो । अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले अविजित १७ र लाहिरु मिलान्थाले १६ रन बनाउनुभयो ।
बलिङमा जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कामीले दुई दुई विकेट लिनुभयो । पवन सराफ र ट्राभोन ग्रिफिथले एक एक विकेट झार्नुभयो । पराजित जनकपुरले अव एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच सोमबार प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको थियो । फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदीयमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

